बिहिबार, साउन २८ २०८३
बिहिबार, साउन २८ २०८३
ताजा
लोकप्रिय
गृहपृष्ठ
समाचार
राजनीति
देश
अन्तर्वार्ता
अर्थतन्त्र
सूचना प्रबिधि
खेलकुद
मनोरंजन
अन्तराष्ट्रिय
प्रबास
जीवनशैली
गृहपृष्ठ
समाचार
राजनीति
देश
अन्तर्वार्ता
अर्थतन्त्र
सूचना प्रबिधि
खेलकुद
मनोरंजन
अन्तराष्ट्रिय
प्रबास
जीवनशैली
स्वास्थ्य जीवनशैली
खानपानमा ध्यान दिन चिकित्सकको सुझाव चितवन । चाडपर्वमा खानपानमा विशेष ध्यान दिन चिकित्सकहरुले सुझाव दिएका छन् । दसैँ पर्वमा बढी मात्रामा मासु, मदिरा र गुलियो पदार्थको सेवन गर्दा मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने भन्दै उनीहरुले ध्यान दिन सुझाव दिएका हुन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अङ्कोलोजिष्ट डा गुरुशरण साहले दसैँ–तिहारजस्ता चाडपर्वमा खाइने खानाले विभिन्न क्यान्सरको जोखिम बढाउने बताए । मदिराजन्य पदार्थले कलेजो, घाँटी, पेट, स्तन तथा आन्द्राको क्यान्सरको जोखिम बताउने उनको भनाइ छ । डा साहले भने, “रातो मासुको अत्याधिक प्रयोगले ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।” पोलेको डढेको मासुमा पोलिसाइक्लिक एरोम्याटिक हाइड्रोकार्बन नामक तत्व उत्पन्न हुने भन्दै उनले यसले पेटको क्यासरको जोखिम बढाउने बताए । प्रशोधित मासु र अन्य खानेकुरा खानाले नाइट्राइट र नाइट्रेटजस्ता तत्व उत्पन्न गर्ने भन्दै उनले यसले क्यान्सरको जोखिम बढाउने बताए । उनले भने, “धेरै गुलियो खानेकुरा खाँदा ठूलो आन्द्राको क्यान्सरको जोखिम बढाउँछ ।” चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले एक दिनमा एक जनाले ५० देखि ७० ग्रामभन्दा बढी मासु खान नहुने बताए । उनले मासु दैनिक पनि प्रयोग गर्न नहुने भन्दै हप्तामा दुई पटकसम्म खान सकिने बताए । मासुमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले मुटुका रक्तनलीहरु बन्द हुने सम्भावना हुने भन्दै डा साहले भने, “दैनिक एक सय ग्रामभन्दा बढी मासु खाने मानिसहरुलाई मुटुको हृदयघात हुने सम्भावना १५ प्रतिशतले बढ्छ ।” नियमित मासु सेवन गर्ने मानिसलाई मधुमेह र उच्च रक्तचापको पनि जोखिम हुने उनको भनाइ छ । मासु बोसो र छाला फालेर थोरै मात्र प्रयोग गर्न उनले सुझाव दिए । उनले भने “मासुमा धेरै तेल, मसला र नुनको प्रयोग गर्नु हुँदैन ।” कोलेस्ट्रोल कम गर्न कुखुराको मासु राम्रो हुने भन्दै डा साहले कुखुराको मासुमा पनि छाला हटाएर खाँदा कोलेस्ट्रोलको मात्रा झन् घट्ने बताए। उनले खसी बोकाभन्दा माछा खान उत्तम हुने सुझाव दिए । वरिष्ठ फिजिसियन डा भोजराज अधिकारीले चाडपर्वमा सन्तुलित खाना खान सुझाव दिए । रातो मासुभन्दा सेतो मासुमा जोड दिन उनको आग्रह छ । उनले भने, “रातो मासु र सेतो मासुमा स्वास्थ्यको हिसाबले हे(यो भने चिल्लोको मात्रा कम हुने, अनावश्यक कोलेस्ट्रोल नहुने, पटक पटक लिँदा पनि ज्यानलाई पाचन प्रक्रियामा समस्या नहुने हिसाबले सेतो मासु राम्रो ।” सेतो मासुमा पनि कुखुराको छातीमा चिल्लो पदार्थ न्यून हुने भएकाले प्रयोग गर्न राम्रो हुने उनले बताए । छाला नभएको मासुमा सबैभन्दा धेरै प्रोटिनको मात्रा हुने जानकारी दिँदै डा अधिकारी भने, “कुखुराको मासु सय ग्राम खाँदा करिब ४० ग्राम प्रोटिन पाइन्छ । हाम्रो शरीरलाई दिनमा ६० देखि ७० ग्राम प्रोटिन चाहिन्छ । एक सय ५० ग्राम खान मिल्यो ।” त्यही कुरा रातो मासुमा पनि लागू हुने भन्दै डा अधिकारी भने, “एक सय ५० देखि दुई सय ग्राम रातो मासु आठ घण्टाको फरकमा खान मिल्छ ।” मासु स्वादका लागि खाने भएको हुनाले नुन, चिल्लो, अमिलो, पिरो, मसला बढी प्रयोग गर्ने गरिन्छ । विश्वमा सात जनामध्ये एक जनालाई उच्च रक्तचाप, अर्को एक जनालाई मधुमेह र अर्को एक जनालाई कोलेस्ट्रोल देखिने गरेको उनले जानकारी दिए । फ्रिजमा राखेर मासु खान नहुने भन्दै उनले भने, “पोलेर, साँधेर, तारेर, भुटेर, सुकुटी बनाएर खानु स्वस्थकर होइन ।” सामान्यतया नुन चिल्लो कम गरेर पकाएर नै खानु स्वास्थ्यका लागि राम्रो हुने उनको भनाइ छ । मासुसँगै धुम्रपान र मदिराको सेवन थप हानिकारक हुने डा अधिकारीको भनाइ छ । मासु खाएको समयमा फलफूल, सागपात खान उनले सुझाए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति
आजदेखि किशोरीहरुलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने
स्वास्थ्यमन्त्री बस्नेतको प्रतिबद्धता– बालिका मृत्यु प्रकरणका दोषीलाई कारबाही हुन्छ
परोपकार प्रसूति अस्पातलमा आजदेखि अनलाइन टिकट
लागुऔषधसहित १४ जना पक्राउ
पुर्व युवराज पारश शाह भए डिस्चार्ज
कांग्रेस संसदीय दलको बैठक बस्दै
कमला नदीको बाढीमा श्रीमान र श्रीमती बेपत्ता
नाइजेरियालाई हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा
« Previous
1
2
3
4
5
6
…
21
Next »
ताजा अपडेट
आईजीपी प्रतिस्पर्धामा अफवाहको राजनीति: कार्कीमाथि आक्रमण संगठनको मनोबल…
करेन्ट चाउचाउ उद्योगविरुद्ध उपभोक्ता र श्रमिक एकैसाथ सडकमा
कवि तथा युवा नेतृ निरौलाको तीज गीत “ए…
एनआरएन पोर्चुगलकाे अध्यक्षमा जय केसीकाे उम्मेदवारी
यस गुड टिभी नेपाल डटकमद्वारा सञ्चालित गुड टिभी…
यस गुड टिभी डटकम द्वारा सञ्चालित गुड टिभी…
कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
संसद्भित्र राजतन्त्रबारे छलफल गर्न पाइँदैनः पन्त
सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायोः मन्त्री गुरुङ
युवा नेता बमलाई तत्काल रिहा गर्न महामन्त्री राणाको…
चर्चित
ताजा अपडेट
आईजीपी प्रतिस्पर्धामा अफवाहको राजनीति: कार्कीमाथि आक्रमण संगठनको मनोबल…
करेन्ट चाउचाउ उद्योगविरुद्ध उपभोक्ता र श्रमिक एकैसाथ सडकमा
कवि तथा युवा नेतृ निरौलाको तीज गीत “ए…
एनआरएन पोर्चुगलकाे अध्यक्षमा जय केसीकाे उम्मेदवारी
यस गुड टिभी नेपाल डटकमद्वारा सञ्चालित गुड टिभी…
यस गुड टिभी डटकम द्वारा सञ्चालित गुड टिभी…
कैलालीमा १७ ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउ
संसद्भित्र राजतन्त्रबारे छलफल गर्न पाइँदैनः पन्त
सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायोः मन्त्री गुरुङ
युवा नेता बमलाई तत्काल रिहा गर्न महामन्त्री राणाको…
लोकप्रिय
© 2026 All right reserved to goodtvnepal.com |
Site By :
SobizTrend