logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नाइजेरियालाई हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा

नाइजेरियालाई हराउँदै इंग्ल्याण्ड महिला विश्वकपको क्वार्टरफाइनलमा


  • सोमबार, साउन २२ २०८०

  • २२ साउन, काठमाडौं । टाइब्रेकरमा नाइजेरियालाई ४-२ ले हराउँदै इंग्ल्याण्ड महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा कुनै पनि टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।८७औं मिनेटमा लाउरेन जेम्स रातोकार्ड पाउँदै बाहिरिए पछि इंग्ल्याण्ड १० खेलाडीमा सिमित भएको थियो ।

    डी बक्समा विपक्षी खेलाडीलाई फल गरेपछि पहिला पहेँलो कार्ड पाएकी जेम्सले पछि भीएआरबाट रातोकार्ड पाएकी थिइन् ।तर पनि उनको अभाव महसुस हुने गरी इंग्ल्याण्डले नाइजेरियालाई गोलको अवसर दिएन र पेनाल्टी सुटआउटमा पुगेको खेल जित्यो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय