logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आजदेखि किशोरीहरुलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने

आजदेखि किशोरीहरुलाई निःशुल्क पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइने


  • बुधबार, भाद्र २७ २०८०

  • काठमाडौं, २७ भदौ । सरकारले बुधबार किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ लगाइदिने भएको छ । अहिलेका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई निःशुल्क एचपीभी खोप दिइने भएको हो । 

    कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा आफ्नो उमेर खुल्ने परिचय पत्र देखाएर किशोरीले खोप लगाउन सक्नेछन् । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

     

    नियमित खोप चल्ने भएकाले २८ र २९ भदौमा कोशी र मधेश प्रदेशमा सञ्चालन हुनेछ भने बाँकीमा बुधबारदेखि सुरु हुनेछ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय