पछिल्ला केही वर्षदेखि म समुदायमा समर्पित भई, आफूले सक्दो समय, क्षमता र सीप अनुसार सामाजिक कार्यहरूमा संलग्न रहँदै , विभिन्न सामाजिक कार्यहरूमा, संघ–संस्थाहरूमा आबद्ध भएर वा स्वतन्त्र रूपमा पनि, समुदायको सेवामा निरन्तर लागिरहेने नाम हाे
जय के सी (सुजन)
उनले गरेका कार्यहरूमा पाेर्तुगलमा रहेका व्यक्ति, विभिन्न समाजहरु बाट पनि निरन्तर सद्भाव, समर्थन र साथ प्राप्त हुँदै आएको छ, जसप्रति उनी हृदयदेखि आभार प्रकट गर्न चाहन्छन् । यस्तै समर्थनले उनलाई सामाजिक परिवर्तनका लागि क्रियाशील रहन अझ बढी उत्साहित बनाएको छ ।
जय भन्छन्
आजसम्मको समुदाय विकासका अनुभव, सिकाइ र जनसेवामा समर्पित यात्रालाई आधार मानी, अब म आप्रवासी नेपालीहरूको हकहित र गैरआवासीय नेपाली संघ (NRNA) पाेर्तुगल सामूहिक, समावेशी र एकतामूलक विकास अभियानमा सक्रिय रूपमा समर्पित हुने निर्णय गरेकाे छु
त्यसकारण नै उनले
गैरआवासीय नेपाली संघ पाेर्तुगलकाे अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दछु।
जसरी मैले अहिलेसम्म तपाईंहरूको साथ पाउँदै आएकाे छु, त्यसैगरी यो नयाँ यात्रामा पनि तपाईंहरूको साथ, सहयोग, समझदारी र सद्भाव सधैंजस्तै प्राप्त हुनेछ भन्ने पूर्ण विश्वास मैले लिएकाे छु।
सबै मिलेर NRNA पाेर्तुगललाई अझ सक्षम, उत्तरदायी र सबैका आवाजलाई प्रतिनिधित्व गर्ने संस्थाको रूपमा स्थापित गर्न सक्नेछौँ भन्ने उनलाई दृढ विश्वास पनि छ।
तसर्थ, NRNA सदस्यता लिएर निर्वाचनमा सक्रिय सहभागी भई उनलाई अमूल्य समर्थन पाउने धेरै आशा पनि उनले राखेका छन् ।।
जय केसी (सुजन)
अध्यक्ष पदकाे उम्मेदवार – NRNA पाेर्तुगल २०२५–२०२७)