logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायोः मन्त्री गुरुङ

सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगायोः मन्त्री गुरुङ


  • आइतबार, चैत्र २ २०८१

  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका छन् । बिज्ञापन बोर्डले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि पहिलो काम मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाएको बताएका हुन् ।

    उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवद्र्धनमा समस्या देखिएको महशुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे ।

    मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरुलाई सुधार गर्न खोजिएको उनले बताए । उनले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने समेत उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय