logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

इजरायली आक्रमणमा आठ सिरियाली सैनिकको मृत्यु, सात सैनिक घाइते

इजरायली आक्रमणमा आठ सिरियाली सैनिकको मृत्यु, सात सैनिक घाइते


  • बुधबार, कार्तिक ८ २०८०

  • दमास्कस । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली आक्रमणमा आठ सिरियाली सैनिक मारिएका छन् । यस आक्रमणमा सात सैनिक घाइते भएका छन् । सरकारी सञ्चारमाध्यमका अनुसार दक्षिणी प्रान्त दारामा रहेको सैन्य शिविरमा यो हमला गरिएको हो । स्थानीय समय अनुसार बुधबार बिहान १ः४५ मा यो हमला गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    इजरायली सेनाले आक्रमणको पुष्टि गरेको छ। इजरायलको सेनाले आफ्ना लडाकु विमानहरूले सैन्य संरचनालाई निशाना बनाएको बताएको छ। सेनाका अनुसार सीमामा रकेट प्रहार भएपछि यो कारबाही गरिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय