logo

बिहिबार, कार्तिक १३ २०८३

logo

बिहिबार, कार्तिक १३ २०८३

हमासले सार्वजनिक गर्‍यो इजरायली ३ बन्धकको नाम

हमासले सार्वजनिक गर्‍यो इजरायली ३ बन्धकको नाम


  • आइतबार, माघ ६ २०८१

  • काठमाडौं । हमासले इजरायली तीन बन्धकको नाम सार्वजनिक गरेको छ । बीबीसीका अनुसार हमासले गाजामा युद्धविराम सम्झौताको कार्यान्वयनको पहिलो दिन रिहा गरिने ती तीनै बन्दीहरू महिला रहेका छन् ।

    हमासले टेलिग्राममा पोस्ट गरेअनुसार २४ वर्षीया रोमी गोनेन, एमिली दमारी र डोरोन स्टाइनब्रेचर रहेका छन् ।

    २४ वर्षीया गोनेन सुपरनोभा फेस्टिवलबाट भाग्न खोज्दा हमलामा परेको थिइन् । २८ वर्षीया एमिली दमारी ब्रिटिश(इजरायली नागरिक हुन् । उनलाई किबुत्ज कफार अजा क्षेत्रमा बन्धक बनाइएको थियो । यसअघि रिहा भएका बन्धकहरूले कैदमा हुँदा उनको सम्पर्क भएको बताएका थिए।

    त्यस्तै ३१ वर्षीया डोरोन स्टाइनब्रेचर पशुचिकित्सक नर्स हुन् । किबुत्ज कफार अजामा आफ्नो अपार्टमेन्टमा हुँदा हमासले आक्रमण गर्दा बन्धक बनाइएकी थिइन् ।

    यी तीनजना महिलाहरू युद्धविरामको सम्झौताको पहिलो चरणमा रिहा गरिने बताइएको छ ।

    यसअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासले बन्दीहरूको नाम नदिएसम्म युद्धविराम सुरु नहुने चेतावनी दिएका थिए ।

    युद्धविराम स्थानीय समयअनुसार बिहान ८ः३० बजे सुरु हुने योजना थियो, तर इजरायली सेनाले गाजामा आक्रमण जारी राख्दै कम्तीमा १० जना प्यालेस्टिनीको हत्या गरेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय