logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अस्ट्रेलिया र पाकिस्तानबिच भिडन्त हुँदै

अस्ट्रेलिया र पाकिस्तानबिच भिडन्त हुँदै


  • शुक्रबार, कार्तिक ३ २०८०

  • काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपमा शुक्रबार अस्ट्रेलिया र पाकिस्तानबिच भिडन्त हुँदै छ । बेंगलौरस्थित एम। चिन्नास्वामी स्टेडियममा खेलिने उक्त दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न दुवै टोलीका लागि यो खेल निकै महत्त्वपूर्ण छ ।

    जारी विश्वकपमा अस्ट्रेलिया र पाकिस्तानले आफ्नो चौथो खेल खेल्न लागेका हुन् । यसअघि खेलिएको तीनमध्ये दुई खेलमा पाकिस्तान विजयी भएको छ । एक खेलमा भने पाकिस्तान पराजित भएको छ । निराशाजनक प्रदर्शन गरेको अस्ट्रेलियाले भने दुई खेलमा हार भागेको छ । एक खेलमा अस्ट्रेलिया विजयी भएको छ । अङ्क तालिकामा चार अङ्कसहित पाकिस्तान चौथो र दुई अङ्कसहित अस्ट्रेलिया छैटौँ स्थानमा छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय