logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन, थाइल्याण्डलाई उपाधि

महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन, थाइल्याण्डलाई उपाधि


  • शुक्रबार, माघ २५ २०८१

  • थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

    काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो ।

    नेपालले दिएको ८२ रनको लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

    नेपालका लागि कप्तान इन्दु बर्माले ४ ओभरमा १६ रन दिएर २ विकेट लिइन् । त्यस्तै पुजा महतोले १ विकेट लिइन् ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।

    थाइल्याण्डका लागि ओनिचा कामचोम्फुले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । चनिदा सुथिराङ, नताथा बूचाथाम र सुलिपर्न लाओमीले १ १ विकेट लिए ।

    यस जितसँगै थाइल्याण्डले यस शृंखलाको उपाधि जितेको छ । थाइल्याण्डले ६ मध्ये ५ खेलमा जित निकालेको थियो । एक खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय