logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

हमासको आक्रमणमा मारिने विदेशीको संख्या ५० नाघ्याे, यस्ताे छ तथ्यांक

हमासको आक्रमणमा मारिने विदेशीको संख्या ५० नाघ्याे, यस्ताे छ तथ्यांक


  • मंगलबार, असोज २३ २०८०

  • काठमाडाैं । प्यालेस्टाइनी अतिबादी समुह र इजरायलका बिचमा युद्द जारी छ । 

    गत शनिबार अचानक हमास समुहले इजारयाली भुमीमा अचानक र अप्रत्याशित आक्रामण गरे पछि सुरू भएको सो युद्दमा दुबै तर्फ गरी अहिलेसम्म करिब १५ सय मानिस मारिएका छन् । इजरायलले ‘हमासले सुरु गरेको युद्दको अन्त्य आफुले गर्ने’ जनाउने तथा हमासले भने गाजामा थप आक्रामण गरे आफुसँग बन्धक रहेका इजरायली अधिकारी तथा सर्बसाधारणलाई एक एक गरी हत्या गर्ने चेतावनी दिईरहे पछि सो युद्धमा मारिनेहरुको संख्या अझै बढन सक्ने देखिएको छ । यो युद्ध कहिल्यै अन्त्य हुनेछ ? भन्ने अहिले भन्न सकिने अवस्था छैन, दुवैतर्फका चेतावनी हेर्दा यो युद्ध अझै अघि बढने निश्चित जस्तै छ ।  

    यसै बिच सो युद्धमा परेर १० जना नेपालीले ज्यान गुमाईसकेका छन भने धेरैजना घाइते भएका छन । सो युद्धमा कतैपनि सहभागी नभएका ५० जना बिदेशीले पनि अनाहकमा ज्यान गुमाएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन । हमासको आक्रमणमा मारिने विदेशीको संख्या अहिलेसम्म करिब ५० पुगेको छ । यस अवधिमा करिब ८० जना या त हराइरहेका छन् वा बन्धक बनाएका छन् ।

    यस्ताे छ तथ्यांकः

    थाइल्याण्ड: १२ जनाको मृत्यु, ११ बन्धक

    अमेरिका: ११ जनाको मृत्यु, अन्य बेपत्ता

    नेपाल: १० जनाको मृत्यु

    अर्जेन्टिना: ७ जनाको मृत्यु, १५ बेपत्ता

    युक्रेन: २ जनाको मृत्यु

    फ्रान्स: २ जनाको मृत्यु, १४ बेपत्ता

    रुस: १ जनाको मृत्यु, ४ बेपत्ता

    बेलायत: १ जनाको मृत्यु, १ बेपत्ता

    क्यानडा: १ जनाको मृत्यु, ३ बेपत्ता

    कम्बोडिया: १ जनाको मृत्यु

    जर्मनी: धेरै बन्धकहरू

    ब्राजिल : ३ बेपत्ता

    चिली : २ बेपत्ता

    इटाली: २ बेपत्ता

    पाराग्वे: 2 बेपत्ता

    पेरु: २ बेपत्ता

    तान्जानिया: 2 बेपत्ता

    मेक्सिको: २ बन्धक

    कोलम्बिया: २ बन्धक

    फिलिपिन्स: १ बन्धक, ६ बेपत्ता

    पनामा: १ बेपत्ता

    आयरल्याण्ड: १ बेपत्ता


    सम्बन्धित समाचार थप

    लोकप्रिय