logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

साफ यू–१९ च्याम्पियनसिप असोज ४ देखि सुरू हुने

साफ यू–१९ च्याम्पियनसिप असोज ४ देखि सुरू हुने


  • मंगलबार, असोज २ २०८०

  • काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप–२०२३ को तयारी पुरा भएको छ । मङ्गलवार आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।

    दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार तय भएको प्रतियोगिता असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा चल्नेछ । सो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय यु–१९ टोली प्रशिक्षक सुनिल श्रेष्ठको प्रशिक्षणमा छन्।

    सहभागी टोलीका लागि नेपाली सेनाको भद्रकाली खेल मैदान र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ ।

    एन्फाका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ रहेको छ ।

    यसैबीच प्रतियोगिताको मार्केटिङ अधिकार नेपाल स्पोट्स सेन्टरलाई प्रदान गरिएको छ । यस्तै प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ रु १०० र भिआइपी पारापिटतर्फ रु ३०० कायम गरिएको छ । टिकट खल्तीको एपबाट वा रङ्गशालामा भौतिक रूपमा पनि किन्न पाइने छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय