logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मतगणना रोक्न माग गर्दै ट्रम्पले दिएका उजुरी खारेज

मतगणना रोक्न माग गर्दै ट्रम्पले दिएका उजुरी खारेज


  • शुक्रबार, कार्तिक २१ २०७७

  • एजेन्सी । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

    राष्ट्रपतिका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र फेरि मतगणना गर्न माग गरेकाले विवाद भएको हो ।

    अर्का उम्मेदवार जो बाइडेनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मतगणनामा लगातार पछाडि पारिरहेका छन् । अमेरिकामा अहिलेसम्म ५० मध्ये ४४ राज्यबाट मतपरिणाम आइसकेको छ ।

    निर्वाचनमा धाँधली भएको आरोप लगाएका राष्ट्रपति ट्रम्पले अदालतबाट मागेको सहारा पनि पाउन असफल भएका छन । मतगणना तत्काल रोक्न माग गर्दै उनले दिएको उजुरी अदातले खारेज गरिदिएको छ ।

    ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडेनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका छन् ।

    बाइडेन झिनो मतले अगाडि रहेको नेभाडा राज्यमा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उनका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन् ।
    उनले लगाएको आरोप पुष्टि गर्ने गरी प्रमाणहरु नपुगेकोले ट्रम्प पक्षधरद्वारा दर्ता गरिएको उजुरी खारेज गरिएको अदालतले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय