logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

क्यानडाले तीन बर्षमा १२ लाख आप्रवासी भित्र्याउने

क्यानडाले तीन बर्षमा १२ लाख आप्रवासी भित्र्याउने


  • आइतबार, कार्तिक १६ २०७७

  • काठमाडौं । क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् ।

    साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ । कोरोना भाइरस ९कोभिड–१९० को महामारीको कारण अहिले क्यानडाको अर्थतन्त्र र श्रम बजार कमजोर बनेको अवस्थामा क्यानडाले यस्तो योजना ल्याएको हो ।

    ओटावामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेन्डिसिनोले सन् २०२१ मा चार लाख एक हजारलाई स्थायी बसोबासको अनुमति दिने, सन् २०२२ मा चार लाख ११ हजार र २०२३ मा चार लाख २१ हजारलाई यो अनुमति दिने बताएका हुन् ।

    उनले अहिले क्यानडालाई धेरैभन्दा धेरै कामदारहरु चाहिएको र त्यसका लागि आप्रवासन महत्वपूर्ण हुने उनको भनाइ छ । उनले क्यानडाको श्रम बजारमा बाहिरबाट आएका मानिसहरुले महत्वपूर्ण भूमिका निभाइरहेको बताएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय