logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो आज सुनको मूल्य

घट्यो आज सुनको मूल्य


  • आइतबार, कार्तिक २ २०७७

  • काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ । शुक्रबार प्रतितोला ९४ हजार ९०० रूपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रूपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन साताको अन्तिम दिन शुक्रबार ९४ हजार ४०० रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    चाँदीको भाउ पनि घटबढ नभएको महासंघले जनाएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १२०० रुपैयाँमा कारोबार भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय