logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरियामा मौसमी कामदारबारे भाइरल सूचना ‘फेक’ होः श्रम मन्त्रालय

कोरियामा मौसमी कामदारबारे भाइरल सूचना ‘फेक’ होः श्रम मन्त्रालय


  • बिहिबार, माघ २४ २०८१

  • काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा सामाजिक सञ्जालमा ‘भाइरल’ सूचना ‘फेक’ भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    मन्त्रालयले बिहीबार सूचना जारी गरी मन्त्रालयले २० मंसिर २०८१ को मिति राखेर सामाजिक सञ्जालमा भाइरल सूचना गलत भएको जनाएको हो ।

    जसमा भगिनी सम्झौता कायम गरेका स्थानीय तहले मन्त्रालयमा सम्पर्क गर्नुपर्ने बेहोरा उल्लेख छ । मन्त्रालयले मौसमी कामदार पठाउने विषयमा कुनै निर्णय नभएको र सूचना समेत आह्वान नभएको स्पष्ट पारेको छ ।

    मन्त्रालयको लेटरहेड र छाप दुरुपयोग गरी यस्तो काम भएको र यस्तो काम गर्नेविरुद्ध कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको मन्त्रालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय