logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

थाइल्यान्डको पूर्वी क्षेत्रमा रेल र बस जुध्दा १८ को मृत्यु

थाइल्यान्डको पूर्वी क्षेत्रमा रेल र बस जुध्दा १८ को मृत्यु


  • आइतबार, असोज २५ २०७७

  • एजेन्सी । थाइल्यान्डको पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक बस रेलसँग जुध्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

    थाई प्रहरीका अनुसार बसमा रहेका यात्रुहरू बौद्ध मन्दिरतर्फ गइरहेका थिए । घटनास्थलबाट सार्वजनिक तस्बिरहरूमा दुर्घटनापछि बस उत्तानो परेको तथा यात्रुहरूका समान वरिपरि छरिएका देखिन्छ ।

    अधिकारीहरूका अनुसार बसमा ६० जना यात्रु थिए । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय