एजेन्सी । चीनको आन्तरिक मामिला अन्तर्गत रहेको हङकङ र सिनजियाङको बिषयमा ७० भन्दा बढी मुलुकहरुले समर्थन गरेका छन् ।
यि दुई क्षेत्रको बारेमा पछिल्ला केही महिनामा लिएको निर्णयलाई संयुक्त राष्ट्रसंघको जारी महासभामा सो समर्थन प्राप्त भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।
राष्ट्रसंघको जनरल डिवेट सम्वन्धी तेस्रो कमिटीको बैठकमा हङकङको वहानमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको भन्दै पाकिस्तानले ५५ वटा मुलुकहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको छ ।
सो वक्तव्यमा अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संयुक्त राष्ट्रसंघको एउटा महत्वपूर्ण सिद्धान्त भएको उल्लेख गरिएको छ । सो वक्तव्यमा हङकङमा चीनको एक मुलुक, दुई प्रणालीलाई समर्थन गरिएको छ ।
केही समय अगाडि चीनले ल्याएको राष्ट्रिय सुरक्षा कानुनको पनि समर्थन गरिएको छ । त्यसैगरी क्युवाले ४५ वटा मुलुकहरुको तर्फबाट संयुक्त वक्तव्य जारी गर्दै चीनले सिनजियाङमा लिएको निर्णयको समर्थन भएको थियो ।