logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रफाईल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा

रफाईल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा


  • बुधबार, असोज २१ २०७७

  • एजेन्सी । स्पेनिस टेनिस खेलाडी रफाईल नदाल फ्रेन्च ओपन टेनिसको सेमिफाईनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी क्ले कोर्टमा खेलिने वर्षको एकमात्र ग्रान्डस्लाम टेनिसमा नदाललाई उपाधिका मुख्य दावेदार मानिएको छ । १५ पटक फ्रेन्च ओपनमा सहभागिता जनाएका नदालले १२ पटक उपाधि जितिसकेका छन् ।

    यसपटक करियरको २० औं ग्राण्डस्लाम जितेर रोजर फेडेररको किर्तीमान बराबरी गर्ने अभियानमा रहेका नदालले क्वाटरफाईनलमा इटालीका जेनिक सिनरलाई ७–६, ६–४ र ६–१ को सेटमा हराए ।

    नदालले अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाका डिएगो स्वार्ट्जमनसँग प्रतिस्पर्धा गर्ने छन् । यु।एस ओपन विजेता डोमिनिक थिएमलाई पराजित गरेर डिएगो सेमिफाईनलमा पुगेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय