logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना

कोरोना संक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्प अस्पताल भर्ना


  • शनिबार, असोज १७ २०७७

  • एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल लगिएको छ ।

    हिजो दिउँसो कोरोना पुष्टि भएपछि उनलाई अस्पताल लगिएको हो । ह्वाइट हाउसले विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य सावधानीको लागि उनलाई अस्पताल लगिएको जनाएको छ ।

    अहिले ट्रम्प वाल्टर रीड नेशनल मिलिट्री मेडिकल सेन्टरमा छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पमा लक्षणसमेत देखिन थालेको छ ।

    अहिले उनलाई हल्का ज्वरो आउनुका साथै थकान पनि धेरै महसुस हुन थालेको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति चुनाव हुन एक महिना मात्र बाँकी रहेका बेला उनलाई कोरोना पुष्टि भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय