logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नेपालको महिला टी–ट्वान्टी वरीयतामा १४ औं स्थानमा यथावत

नेपालको महिला टी–ट्वान्टी वरीयतामा १४ औं स्थानमा यथावत


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

    आईसीसीले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमा रहेको छ । नयाँ वरीयतामा नेपालले ११ खेलमा १ सय ३२ रेटीङ अंक प्राप्त गरेको छ । नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै रहेको थियो ।

    नेपाली महिला क्रिकेट टिमले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । जसको कारण नेपालको वरीयतामा घटबढ भएको छैन ।

    नेपाल एकदिवसीय वरीयतामा भने अटाउन सकेको छैन । वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अष्ट्रेलिया रहेको छ ।

    यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेको छ । पुरुषतर्फ नेपाल एक दिवसीयमा १६ औं र टी–ट्वान्टीमा १५ औं स्थानमा रहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय