झापा । झापाको गौरादहमा आज एक महिला आफ्नै घर भित्र मृत अवस्थामा भेटिएकी छन् । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको प्रहरीको आशंका छ ।
गौरादह नगरपालिका १ बस्ने ६५ वर्षीय मनमाया भण्डारी आफ्नै घरमा मृत भेटिएकी प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार महिलाको शव वरिपरि रगतैरगत छ, उनको दुवै हात पछाडिबाट बाँधिएको अवस्थामा देखिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको बताउँदै एसपी कोइरालाले धरानबाट तालिमप्राप्त कुकुर मगाएको र त्यसपछि मात्र घटनाको बारेमा भन्न सकिने बताउनुभयोे ।
यता प्रहरीका अनुसार मृतक महिलाको श्रीमान् भीम भण्डारी घरमा नभएको बेला घटना घटेको छ । श्रीमान् अपरान्ह साढे ४ बजे घर फर्किदा श्रीमतीको शव खाटमुनि लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अगाडी वढाईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले वताउनुभयो । (थप विवरण गूड न्यूज टि.भीको स्थलगत रिपोर्टमा )