एजेन्सी । इराकको बगदाद विमानस्थल लक्षित रकेट आक्रमण हुँदा एकै परिवारका पाँच जना मारिएका छन् । तीमध्ये तीन बालबालिका र दुई महिला छन् ।
वासिङटनलाई आफ्ना ३ हजार सेना फिर्ता लैजाने र उसको दूतावास बन्द गरिदिने धम्की दिएको केही दिनमै यस्तो आक्रमण भएको हो ।
गत वर्ष पनि यस्तै आक्रमणमा केही घाइते भएका थिए । इरान समर्थित सेनाबाट यसअघिका यस्ता आक्रमणको स्वागत गरे पनि सो आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन ।
गत वर्ष अक्टोबरदेखि जुलाइसम्म इराकमा अमेरिकी लाभका लागि ३९ वटा रकेट आक्रमण भएका थिए । इराकी सेनाले उक्त आक्रमण कुनै आपराधिक समूहले गरेको आरोप लगाएको छ ।