एजेन्सी । सीमा विवादको बिषयमा अजरबैजान र अर्मेनियाबीच भएको युद्धमा २३ जनाको मृत्यु भएको छ । विवादित क्षेत्र नागोर्नो—काराबाख क्षेत्रमा दुबै देशका सेनाबीच युद्ध भएको हो ।
उक्त क्षेत्रमा १६ जना अर्मेनियाली पृथकतावादी लडाकूहरु मारिनुका साथै १ सय जना घाइते भएको उक्त समूहले जनाएको छ । यस्तै, अर्मेनियाली पृथकतावादीको आक्रमणमा ५ जना अजरबैजानी नागरिक मारिएको अजरबैजानका अधिकारीहरुले जनाएका छन् ।
तनावपछि अर्मेनिया, अजरबैजान र अर्मेनियानियन्त्रित नागोर्नो काराबाख क्षेत्रमा सैनिक कानुन लागू गरिएको छ भने अजरबैजानले आफ्ना सेनालाई परिचालित हुन निर्देशन दिएको छ ।