काठमाडौं । कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकाले यस वर्षको बडादशैंमा नेपाल राष्ट्र बैंकले नयाँ नोट नबाड्ने भएको छ ।
कोरोनाको संक्रमण बढेको हुदाँ नयाँ नोट लिनको लागि सर्वसाधारणको भीडभाड बढ्न सक्ने र जसबाट संक्रमणको जोेखिम बढ्न सक्ने हुदाँ नेपाल राष्ट्र बैकले यो बर्षको दशैंमा नयाँ नोट नबाड्ने योजना अघि सारेको हो ।
कोरोनाको संक्रमणमा बैक तथा बित्तीय संस्थाका कर्मचारीहरु बढी मात्रमा संक्रमित हुन थालेका छन् । नेपाल राष्ट्र र्बैकको केन्द्रीय कार्यालयका साथै बिभिन्न प्रदेशका कार्यालयहरुबाट पनि यस पटककको दशैमा नयाँ नोट बितरण नगर्ने योजनामा राष्ट्र बैक रहेको छ ।