logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

मुम्बईमा नेपाल र भारतबीच दृष्टिविहीन महिला क्रिकेट सिरिज हुने

मुम्बईमा नेपाल र भारतबीच दृष्टिविहीन महिला क्रिकेट सिरिज हुने


  • शुक्रबार, मंसिर १५ २०८०

  • काठमाडौं । नेपाल र भारतको महिला दृष्टिविहीन क्रिकेट टोलीबीच ५ खेलको सिरिज हुने भएको छ । भारतको मुम्बईमा यही मंसिर २५ देखि २९ गतेसम्म हुने सिरिज टी-२० फर्म्याटमा हुने छ ।

    त्यो सिरिजका लागि मंसिर ६ देखि १४ सम्म समावेशी क्रिकेट प्रशिक्षण केन्द्र ललितपुरको लेलेमा बन्द प्रशिक्षण भइसकेको नेपाल नेत्रहीन क्रिकेट संघले जनाएको छ ।

    आजदेखि ५ दिनसम्म मूलपानी क्रिकेट मैदानमा थप प्रशिक्षण हुनेछ  । त्यसक्रममा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, काठमाडौं तथा राष्ट्रिय नेत्रहीन महिला क्रिकेट टोलीबीच नेत्रहीन क्रिकेट प्रतियोगितामा पनि हुने संघले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय