logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चीनमा आगलागीबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

चीनमा आगलागीबाट मृत्यु हुनेको संख्या २५ पुग्यो


  • बिहिबार, कार्तिक ३० २०८०

  • बेइजिङ । उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।

    लुलियाङ सहरको लिसी जिल्लामा रहेको योङ्ग्जु कोइला कम्पनीको चार तले भवनमा स्थानीय समयअनुसार बिहान ६ः५० मा आगलागी भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सिसिटिभीले जनाएको छ । उक्त टिभीले आगलागीमा परेर २५ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।

    यसअघि सिसिटिभीले ६३ जनालाई उक्त भवनबाट बाहिर निकालिएको र तीमध्ये ५१ जनालाई उपचारका लागि अस्पताल लगिएको जनाएको थियो । यद्यपि टिभीले अस्पतालमा पुर्याइएकामध्ये कसैको मृत्यु भएको हो होइन भन्नेबारे केही बताएको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय