logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गाजामा विस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा

गाजामा विस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा


  • सोमबार, कार्तिक २७ २०८०

  • काठमाडौं । गाजामा बिस्थापित प्यालेस्टिनीहरू थप मानवीय पीडामा डुबेका छन् । गाजापट्टीमा लडाइँ बढ्दै गएपछि हजारौं प्यालेस्टिनीहरूसँग गाजाको उत्तरबाट दक्षिण भाग्नुको विकल्प थिएन । विस्थापित बासिन्दाहरूलाई बस्ने विद्यालय र अस्पतालहरू नभएको उनीहरुको गुनासो छ । उनीहरूले आधारभूत चिकित्सा आपूर्ति र दैनिक आवश्यकताहरूको सामना गरिरहेका छन् ।

    त्यस्तै अर्का एक डाक्टरले अस्पतालमा २५ दिन यता काम गरिरहेको तर काम बढी भएकाले घर जान नपाएको गुनासो गरे । उनले स्वास्थ्य उपकरण अभावका कारण उपचारमा मद्दत गर्न नसकिरहेको गुनासो गरे । उपचार क्षमता धेरै कम रहेको उनको भनाइ छ ।

    बम विष्फोट र विनाशको साक्षीको आघातलाई कम गर्न डाक्टरहरूले बिस्थापित बालबालिकाका लागि चित्रकला गतिविधिहरू आयोजना गर्ने गरेका छन् । बालबालिकाहरूलाई मनोवैज्ञानिक आघातबाट मुक्त गर्नका लागि विभिन्न रमाइला कार्यक्रमको आयोजना गर्ने गरिएको एक मनोचिकित्सकले बताए ।

    त्यस्तै एक बिस्थापित बालकले बम विष्फोटका कारण घरबाट बिस्थापित हुनुपरेको बताए । उनले हरेक दिन बम विष्फोट, मृतक र घाइते मानिसहरू मात्रै देख्ने गरेको बताए ।

    आक्रमणका कारण बालबालिकाको मनोविज्ञानमा ठूलो असर परेको मनोविद्हरुको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय