logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट

आज पनि सोनापुरको सेयर मूल्यमा नेगेटिभ सर्किट


  • मंगलबार, कार्तिक १४ २०८०

  • काठमाडौं। सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा मंगलबार पनि नेगेटिभ सर्किट लागेको छ । पहिलो कारोबारको दिन आइतबार र सोमबार पनि सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको थियो । 

    नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएको दिन आइतबारदेखि नै नेगेटिभ सर्किट लागेको सोनापुर मिनिरल्सको मंगलबार २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।

    मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको हो । 

    पहिलो दिन आइतबार ३५० रुपैयाँबाट १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो भने दोस्रो दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको थियो ।  
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय