logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने

राष्ट्रपतिले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने


  • बिहिबार, कार्तिक २ २०८०

  • काठमाडौं, २ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् ।

     

    राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने भएका हुन् । 

    दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीका लगाइदिने र अपरान्ह ३ बजेदेखि बेलुका ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय