logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?


  • बिहिबार, असोज २५ २०८०

  • काठमाडौ,नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ ।

    आजको बजार भाउ तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुनको मूल्य ७०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ कायम छ ।

    हिजो बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो । आज १० रुपैयाँले बढेर चाँदीको मूल्य तोलामा १३ सय ५० रुपैयाँ कायम छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय