logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ


  • आइतबार, असोज ७ २०८०

  • काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले उनीहरुको बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा नवनिर्वाचित क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले टोलीलाई बिदाइ गर्दै शुभकामना दिए । 

    यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्ने नेपालले समूह चरण पार गरेमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धाको अवसर हुनेछ ।

    नेपाली टोलीमा रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्सन झा, विनोद भण्डारी, आसिफ शेख, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, विवेक यादव,  प्रतिश जिसी र अविनाश बोहरा छन् ।

    ललित राजबंशीले भने चोटका कारण एसियाड गुमाएका छन् । 
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय