logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

खुला राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने


  • बुधबार, असोज ३ २०८०

  • भक्तपुर । नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला खेलकुद विभागको आयोजना तथा भक्तपुर चेस क्लवको सह–आयोजनामा संघको ३३औँ स्थापना दिवस  अवसर पारी  भक्तपुरमा तेश्रो खुल्ला राष्ट्रव्यापी रापिड रेटिङ्ग  बुद्धिचाल प्रतियोगिता–२०८० हुने भएको छ ।

    नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला खेलकुद विभागका संयोजक तथा प्रतियोगिताका चिफ आर्विटर फिडे राजकुमार लघुका अनुसार प्रतियोगिता असोज १९ र २० गते दुई दिन भक्तपुर भेलुखेलस्थित आदर्श आजाद माध्यामिक विद्यालयको सभाहलमा हुनेछ । 

    प्रतियोगिता अन्तराष्ट्रिय बुद्धिचाल महासंघबाट मान्य प्राप्त रहेको छ । प्रतियोगितामा वर्तमान नेपाल च्याम्पियन तथा पूर्व राष्टिय च्याम्पियनहरुसहित १०० जना भन्दा बढी खेलाडीहरुको सहभागिता रहने बताइएको छ । नेक्रायुसंघको ३३ औं स्थापना दिवसको अवसरमा हुने खुल्ला राष्ट्रव्यापी रापिड रेटिङ्ग  बुद्धिचाल प्रतियोगिता–२०८० मा रु ५० हजार नगद पुरस्कारको साथै आकर्षक ट्रफी तथा मेडलको बन्दोबस्त गरिएको छ । प्रतियोगिता स्वीग लिग प्रणाली अनुसार ९ चरण  खेलाइने छ । 

    प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्न प्रतियोगिता आयोजक समितिका संयोजक एवं निणार्यक समितिका संयोजक राजकुमार लघुको संयोजकत्वमा निर्णायक समिति, राष्ट्रिय कराँते खेलाडी रामशरण त्वातीको संयोजकत्वमा प्रचार प्रसार समिति, राष्ट्रिय बुद्धिचाल खेलाडी एण्डिज ग्वाछाको संयोजकत्वमा  आर्थिक  समिति,  भक्तपुर चे क्लवका सचिव इन्द्रभक्त पंचको संयोजकत्वमा पुरस्कार व्यवस्थापन समिति र रत्ना चवालको संयोजकत्वमा खेलस्थल तथा आवास व्यवस्थापन समिति गठन गरिएको छ ।

    प्रतियोगितालाई नेपाल बुद्धिचाल सघं र भक्तपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा गर्नेछ । प्रतियोगिता ब्यवस्थित र भव्यरुपमा सम्पन्न गर्न विभिन्न संघ संस्था र ब्यवसायी तथा खेलप्रेमी महानुभावहरुलाई नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला खेलकुद विभाग तथा भक्तपुर चेस क्लवले  अनुरोध गरिएको छ ।
     


    सम्बन्धित समाचार थप

    लोकप्रिय