logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

एभरेष्ट बैंकद्वारा बोनस सेयर र नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

एभरेष्ट बैंकद्वारा बोनस सेयर र नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा


  • बिहिबार, भाद्र २८ २०८०

  • काठमाडौ, २८ भदौ । एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरुलाई कुल २०.५३% लाभांश घोषणा गरेको छ ।

     

    बैंकको बुधबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र यसमा लाग्ने करसहित १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

     

    प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एभरेष्टको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भए पछि सेयरधनीहरुलाई वितरण हुनेछ । एभरेष्ट बैंकले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १३% बोनस सेयर र करसहित ७.६८% नगद गरी कुल २०.६८% लाभांश वितरण गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय