logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय


  • बुधबार, कार्तिक २८ २०८१

  • स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन्।

    मंगलबार मन्त्रिस्तरीय निर्णय भएपछि यही माघ २३ गते क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ। १५ दिन सञ्चालन हुने अभियान अन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ।

    यस निर्णयबाट देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

    हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गैरहेको मन्त्रालयको तथ्यांकले देखाएको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय