logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चार कम्पनीले हकप्रद सेयर बिक्री गर्न बोर्डसँग मागे अनुमति, कुनले कति जारी गर्दै ?

चार कम्पनीले हकप्रद सेयर बिक्री गर्न बोर्डसँग मागे अनुमति, कुनले कति जारी गर्दै ?


  • सोमबार, भाद्र २५ २०८०

  • काठमाडौ, २५ भदौ । नेपाल धितोपत्र बोर्डमा ४ वटा कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति मागेका छन् । लिवर्टी इनर्जी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीले बोर्डसँग अनुमति मागेका हुन् ।  

     

    लिवर्टी इनर्जीले ५०% अर्थात् १:०.५ अनुपातमा  ७५ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

     

    हाल यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।
     
    यता, ङादी ग्रुप पावरले १००% अर्थात् १:१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२.३२ कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । 

     

     यसको कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

    त्यस्तै, बरुण हाइड्रोपावर लिमिटेले पनि १००% अर्थात, १:१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

     

    यस कम्पनीको हाल कायम चुक्ता पुँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्रीपछि बरुणको चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ । 

     

    त्यसैगरी, आँखुखोला जलविद्युतले १५०% अर्थात, १:१.५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 

    यी सबै कम्पनीले बोर्डको अनुमति पाएपछि हकप्रद सेयर बिक्री खुला गर्नेछन् । सबैले १०० रुपैयाँ अन्कित मूल्यमा सेयर जारी गर्न अनुमति मागेका हुन् । 


    सम्बन्धित समाचार थप

    लोकप्रिय