logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

यस्ताे छ आजकाे बिदेशी मुद्रा विनिमयदर, युराेकाे भाउ १४२ बढी

यस्ताे छ आजकाे बिदेशी मुद्रा विनिमयदर, युराेकाे भाउ १४२ बढी


  • बुधबार, भाद्र २० २०८०

  • काठमाडौ, २० भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विभिन्न मुलुकहरुको मुद्रा विनिमयदर तोकेको छ ।
     

     

    राष्ट्र बैंकका अनुसार अमेरिकन डलर १ को खरिददर १३२ रुपैयाँ ५७ पैसा तथा विक्रीदर १३३ रुपैयाँ १७ पैसा कायम गर्दा युराेपियन युरो १ को खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रीदर १४२ रुपैयाँ ९८ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ ।

     

    अष्ट्रेलियन डलर ८४ रुपैयाँ ३८ पैसामा खरिदबिक्री गरिदाँ क्यनेडियन डलर ९७ रुपैयाँ ०९ पैसा र बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३८ पैसा र बिक्री दर १६७ रुपैयाँ १४ पैसामा काराेबार हुनेछ ।

     

    साथै, अरबियन मुलुकहरु मध्ये कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ३६ पैसा, युएई दिराम ३६ रुपैयाँ ०९ पैसा, कुवेती दिनार ४२९ रुपैयाँ ७१ पैसा, बहराइन दिनार ३५१ रुपैयाँ ६६ पैसा कायम भएकाे छ भने  कोरियन वन १०० को ९ रुपैयाँ ९३ पैसामा र जापानी येन १० को ९ रुपैयाँमा खरिदबिक्री गर्न सकिने जनाइएकाे छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय