logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

युराेपका बडिबिल्डरले ‘इन्स्टाग्राम लाइभ’ भिडियो बनाएर श्रीमतीको हत्या

युराेपका बडिबिल्डरले ‘इन्स्टाग्राम लाइभ’ भिडियो बनाएर श्रीमतीको हत्या


  • शनिबार, साउन २७ २०८०

  • बोस्निया, २७ साउन । दक्षिण पूर्वी युरोपमा अवस्थित बोस्नियामा एउटा निकै डरलाग्दो घटना रेकर्ड गरिएको छ ।

     

    यस घटनामा सुलेजमानोभिक नामका एक बोस्नियाली बडी बिल्डरले इन्स्टाग्राममा लाइभ स्ट्रिमिङ गरेर आफ्नी पूर्व पत्नीको हत्या गरेका थिए। यसबाहेक उनले पछि अन्य दुई जनाको पनि हत्या गरी आत्महत्या गरेका छन्  ।

    समाचार अनुसार उत्तरपूर्वी बोस्नियाको तुज्ला शहरमा प्रहरीले एक विज्ञप्ति जारी गर्दै बडी बिल्डरले दुईजनालाई आक्रमण गरी उनीहरूलाई मारेको र तीन जना घाइते भएको बताएको छ।

     

    बडिबिल्डरले पहिले आफ्नी श्रीमतीको हत्या गरे र त्यसपछि पेस्तोलको मद्दतले एक पुरुष र छोराको सडकमा गोली हानेर हत्या गरे। यसबाहेक बोस्नियाली सहरका विभिन्न स्थानमा बडि बिल्डरले एक प्रहरी, एक पुरुष र एक महिलालाई समेत घाइते बनाएका छन् ।

     

    सुलाजमानोभिकले शुक्रबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गरेका थिए ।  उनले आफ्ना अनुयायीहरूलाई चेतावनी दिए कि उनी हत्याको साक्षी हुन लागेका छन । यसपछि उनले मोबाइलको क्यामेरा आफ्नी पूर्व पत्नीतर्फ फर्काए । उनकी श्रीमतीको अनुहारमा चोट लागेको थियो र उनको अनुहार रगतले लतपतिएको थियो । हातमा बन्दुक लिएर कराए र भने, ‘तपाईहरुले यस्तो कुरा हेर्न जाँदैछौ जुन तपाईहरुले पहिले कहिल्यै देखेका छैनौं ।’

     

    बोस्नियाको सहरमा भएको दुःखद घटनाप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री नर्मिन निक्सिकले आज ग्राडाकाकमा के भयो ? त्यसको वर्णन गर्न मसँग शब्द नभएको बताएका छन् । हत्याराले आफ्नो पनि ज्यान लियो तर त्यसअघि उसले थप तीन जनाको हत्या गर्यो। निर्दोष जनताको जीवन कसैले फिर्ता ल्याउन सक्दैन ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय