logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अहिले नभए सम्झौता तोड्छौं, आफैं गर्छौं क्यान अध्यक्ष चन्द

अहिले नभए सम्झौता तोड्छौं, आफैं गर्छौं क्यान अध्यक्ष चन्द


  • बिहिबार, पुष ७ २०७९

  • काठमाडौं । भोलि (शुक्रबार) देखि सुरु हुने भनिएको नेपाल टी–२० लिग क्रिकेट तोकिएको समयमा नहुने पक्का भएको छ । मिति निर्धारण गरी प्रतियोगिता सारिएको तीन महिनाको अन्तरमा तेस्रोपल्ट हो । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने भनिएको लिगको कमर्सियल र स्ट्राटेजिक राइट भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिइएको छ । सेभेन थ्री स्पोर्ट्सलाई अधिकार दिएदेखि नै नेपाल टी-२० लिग विवादमा तानिएको थियो । जसले गर्दा यसअघि दुई पटक तोकिएको समयमा पनि लिग सुरु हुन सकेको थिएन । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शुक्रबारदेखि लिग आयोजना हुन नसक्ने र केही दिन सर्ने पुष्टि गरे । उनले विदेशी खेलाडीको श्रम स्वीकृतिमा ढिलाई भएकोले तोकिएको समयमा फेरि लिग सुरु हुन नसक्ने बताए ।अब पनि प्रतियोगिता आयोजना हुन नसके भारतीय कम्पनीसँग सम्झौता तोडेर क्यान आफैंले आयोजना गर्नेसमेत चन्दले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय