एजेन्सी । प्रिमियर लिग फुटबलमा टोटनहमले वेस्ट ब्रोममाथी साँघुरो जित निकालेको छ । आज भएको खेलमा टोटनहमले वेस्ट ब्रोममाथी १–० को साँघुरो जित निकालेको हो ।
जितसँगै टोटनहाम प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आठ खेल खेलेको टोटनहम १७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
पराजित वेस्ट ब्रोम भने रेलिगेसन जोनमा रहेको छ । समान खेल खेलेको वेस्ट ब्रोमले तीन खेल बराबरी र पाँच खेलमा हार व्यहोर्दै तीन अंक जोडेर रेलिगेसन जोनमा रहेको हो ।
सम्बन्धित समाचार
थप