logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काडिचलाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा

काडिचलाई हराउँदै एट्लेटिको शीर्ष स्थानमा


  • आइतबार, कार्तिक २३ २०७७

  • एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । गएराति भएको खेलमा एट्लेटिकोले काडिचलाई ४(० गोल अन्तरले हराएको हो ।

    घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जाओ फेलिक्सले दुई गोल गरे । त्यस्तै मार्कोस लोरान्टे र लुइस सुआरेजले समान एकरएक गोल गरे । खेलको आठौं मिनेटमा फेलिक्सले गोल गर्दै टिमलाई अग्रता दिलाए । २२औं मिनेटमा लोरान्टेले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे । पहिलो हाफमा दुई गोल गरेको एट्लेटिकोले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।

    ५१ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई जिततर्फ लिए । ९० औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ४(० को जित दिलाए । जितसँगै लिगमा ७ खेल खेलेको एट्लेटिकोले १७ अंक जोड्दै आफूलाई शीर्ष स्थानमा उभ्याएको छ । पराजित काडिचको ९ खेलबाट १४ अंक छ


    सम्बन्धित समाचार थप

    लोकप्रिय