एजेन्सी । युरोपा लिग अन्तर्गत गए राति भएको खेलमा प्रिमियर लिग क्लब लेस्टर सिटीले सानदार जित निकालेको छ ।
निकै रोमान्चक बनेको उक्त खेलमा लेस्टर सिटीले पोर्चुगिज क्लब ब्रागालाई ४–० गोलले पराजित गरेको हो ।
उक्त खेलको २१ औं मिनेटमा लेस्टरका केलिची इहिनाचोले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ४८ औं मिनेटमा केलिचीले अर्को गोल गरे ।
त्यसपछि खेलको ६७ औं मिनेटमा निस प्राएटले र ७८ औं मिनेटमा जेम्स म्याडिसनले गोल गरे । जितसँगै लेस्टरले ३ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।
सम्बन्धित समाचार
थप