logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बङ्गलादेशमा चार लाख बढीमा कोरोना संक्रमण,मृत्युदर १.४५ प्रतिशत

बङ्गलादेशमा चार लाख बढीमा कोरोना संक्रमण,मृत्युदर १.४५ प्रतिशत


  • शनिबार, कार्तिक १५ २०७७

  • एजेन्सी । बङ्गलादेशमा हालसम्म चार लाख सात हजार ६८४ जनामा कोरोना संक्रमण भएको छ । विगत २४ घण्टामा एक हजार ३२० जना कोभिड–१९ सङ्क्रमित थपिए सँगै संक्रमितको कुल संख्या चार लाख सात हजार ६८४ जना पुगेको यहाँको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।

    सरकारी तथ्याङ्क अनुसार बङ्लादेशमा पछिल्लो २४ घण्टामा कूल ११ हजार ५३२ कोभिड–१९ को नमूना परीक्षण भएको छ । यहाँ अहिलेसम्म कोभिड–१९ सङ्क्रमण भई निको भएका विरामीको सङ्ख्या तीन लाख २४ हजार १४५ पुगेको छ ।

    आज एक हजार ४४२ जना कोरोना सङ्क्रमणमुक्त भएका महानिर्देशनालयले जानकारी दिएको छ । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितमध्ये मृत्युदर १.४५ प्रतिशत रहेको छ भन् ७९.५१ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय