logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

असमानताविरुद्धको प्रदर्शन हिंसात्मक बन्दा चिलीमा कम्तीमा ३० को मृत्यु

असमानताविरुद्धको प्रदर्शन हिंसात्मक बन्दा चिलीमा कम्तीमा ३० को मृत्यु


  • सोमबार, कार्तिक ३ २०७७

  • एजेन्सी । चिलीमा असमानताविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । यो आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा भएको प्रदर्शन हिंसात्मक बन्दा कम्तीमा ३० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजाजिराले बताएको छ । हिजो भएको यो आन्दोलनको क्रममा हजारभन्दा धेरै मानिसहरु घाइते भएका छन् ।

    हिजो प्रदर्शनको क्रममा सुपरमार्केटमा लुटपाट र प्रहरीसँग झडप भएका थिए । यससँगै आन्दोलन हिंस्रक बनेको हो । बीबीसीले उल्लेख गरेअनुसार प्रदर्शनकारीहरुले दुई चर्चमा आगो लगाइदिएका थिए भने प्रहरी मुख्यालयमा नै फायरबम आक्रमण गरेका थिए । प्रदर्शनकारीहरुले अक्टोबर २५ मा हुन गइरहेको निर्वाचनमा नयाँ संविधानको पक्षमा मतदान गर्न पनि मानिसहरुलाई आह्वान गरेका छन् ।

    आइतबारको आन्दोलनमा चिलीका विभिन्न सहरहरुमा दशौं हजार मानिसहरु सहभागी भएका थिए । चिलीका आन्तरिक मन्त्री भिक्टर पेरेजले हिजो साँझ हिंस्रक आन्दोलनको आलोचना गरे । प्रहरीका अनुसार स्यान्टियागोमा हिजो भएको प्रदर्शनमा करिब २५ हजार प्रदर्शनकारी सहभागी भएका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय