एजेन्सी । युएईमा जारी इन्डियन प्रिमियर लिग ९आईपीएल० मा कोलकत्ता नाइट राइडर्समाथि मुम्बई इन्डियन्सले सहज जित निकालेको छ। शेख जायद रंगशालामा गएराति भएको खेलमा मुम्बईले ८ विकेटले जित निकालेको हो।
जितसँगै मुम्बई शीर्षस्थानमा उक्लिएको छ। मुम्बईले ८ खेलबाट १२ अंक जोडेको छ। समान खेल खेलेको दिल्ली क्यापिटल्सको पनि १२ अंक रहेको छ। तर नेट रनरेटका आधारमा मुम्बई शीर्षस्थानमा पुगेको हो। समान ८ खेलबाट कोलकत्ता भने ८ अंकसहित चौँथो स्थानमा रहेको छ।
सम्बन्धित समाचार
थप