एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यान र केलियन एम्बाप्पले गोल गरेका थिए ।
ग्रिजम्यानले खेल सुरु भएको ८ औं मिनेट र एम्बाप्पले ७९ औं मिनेटमा गोल गरेका थिए । क्रोसियाका लागि निकोला भाल्सिकले ६४ औं मिनेटमा गोल गरेका थिए ।
समूह ए थ्रीमा रहेको फ्रान्सले ४ खेलबाट १० अंक जोडेको छ । क्रोएसिया ३ अंकसहित तेस्रो स्थानमा छ । यसैगरी गएराति नै सम्पन्न अन्य खेलमा इटाली र नेदरल्यान्डले एक एकको बराबरी खेल भने बोसिनिया हर्जगोविना विरुद्ध पोल्यान्डले ३–० को जीत निकाल्यो ।
यस्तै ग्रिस र कोसोभोबीचको खेल गोलरहित बराबरीमा सकियो भने स्लाभाकियालाई इजरायलले ३–२ ले स्तब्ध बनाएको थियो । कार्जिकिस्तानविरुद्ध बेलारुस २–० ले विजयी भएको छ ।