logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

फासी दिनु उचित सजाय होइन : बेसलेट

फासी दिनु उचित सजाय होइन : बेसलेट


  • शुक्रबार, असोज ३० २०७७

  • एजेन्सी । संयुक्त राष्ट्रसंघकी एक उच्च अधिकारीले बलात्कारीलाई फासी दिनु उचित सजाय नभएको बताएकी छन् । राष्ट्रसंघीय अधिकार प्रमुख मिसेल बेसलेटले हालै बंगलादेशमा बलात्कारीलाई फासीको सजाय दिने व्यवस्थाप्रति लक्षित गर्दै यस्तो बताएकी हुन् ।

    विभिन्न देशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिने आवाज उठिरहँदा राष्ट्रसंघीय अधिकार प्रमुख मिसेलले यस्तो प्रतिक्रिया दिएकी हुन् । बलात्कार जघन्य अपराध भए पनि मृत्युदण्ड उचित सजाय नभएको उनको तर्क छ ।

    ‘यस्तो भयंकर कार्य गर्नेलाई कठोर सजाय दिन सकिन्छ, तर हामीले आफैँ थप उल्लंघन गर्न दिनु हुँदैन,’ मिसेलले विज्ञप्तिमा भनेकी छन् । बंगलादेशमा बिहीबार बलात्कारीलाई मृत्युदण्ड दिनसकिने कानुन बनाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।

    देशव्यापी आन्दोलनको रुप लिएको २०१२ को सामूहिक बलात्कार प्रकरणका दोषीलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । जहाँ १५ वर्षीया किशोरीलाई पाँच जनाले सामूहिक बलात्कार गरेको घटनालाई लिएर प्रदर्शन नै भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय