logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

युइएफए लिग : एमबाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्सको जित

युइएफए लिग : एमबाप्पे र ग्रिजम्यानको गोलमा फ्रान्सको जित


  • बिहिबार, असोज २९ २०७७

  • एजेन्सी । युइएफए नेसन्स लिगमा फ्रान्सले क्रोएसियालाई पराजित गरेको छ। समूह ए ३ को खेलमा फ्रान्सले क्रोएसियालाई २(१ गोलले पराजित गरेको हो। फ्रान्सको जितमा केलियन एमबाप्पे र एन्टोनी ग्रिजम्यानले गोल गरे। खेलको आठौं मिनेटमा ग्रिजम्यानले गोल गरेर फ्रान्सलाई अग्रता दिलाए।

    ६४ मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो। उसका लागि भ्लासिकले गोल गरे। ७९ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २(१ ले अघि बढाए।

    यहि समूहको अर्को खेलमा पोर्चुगलले स्विडेनलाई ३(० गोलले पराजित गरेको छ। कोरोना भाइरसको संक्रमण भएका फरवार्ड क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले पहिलो हाफमै दुई गोल गर्‍यो।

    खेलको २१ मिनेटमा बेर्नान्डो सिल्भाले पोर्चुगलका लागि पहिलो गोल गरे। ४४ मिनेटमा जोटाले पोर्चुगलको अग्रता दोब्बर पारे। ७२ मिनेटमा जोटाले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरेका थिए।

    जितसँगै समूहमा १० अंक जोड्दै पोर्चुगल शीर्ष स्थानमा छ। दोस्रो स्थानको फ्रान्सको पनि १० अंक नै छ। तेस्रो स्थानको क्रोएसियाको ३ अंक छ भने पुछारको स्विडेनले अंक जोड्न सकेको छैन।


    सम्बन्धित समाचार थप

    लोकप्रिय