एनेन्सी । भारतको उत्तरप्रदेशको गोन्डा जिल्लामा एकै परिवारका तीन दिदीबहिनीमाथि एसिड प्रहार भएको छ । गए राति सुतिरहेको समयमा ती तीन दिदीबहिनीमाथि एसिड आक्रमण भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
एसिड आक्रमणबाट १७ वर्षीया ठूली बहिनीको मुहार पुरै जलेको छ भने १२ र ८ वर्षीया दुई बहिनीको पनि मुहारमा छर्रा लागेको छ । तीनै दिदीबहिनीको अहिले स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।
यो घटना गोन्डाको परसपुर क्षेत्रको पक्का गाउँको हो । गए राति एक युवकले स्थानीय दलित समुदायका ती दिदीबहिनीमाथि आक्रमण गरे पनि अहिलेसम्म आक्रमणकारीको पहिचान हुन सकेको छैन ।
पीडित किशोरीका पिताले घटना राति सुतिरहेको समयमा भएको बताएका छन् । उनले छोरीले चिच्चाएपछि मात्रै आफूले घटनाबारे थापा पाएको र आफू उठेर छोरीहरु सुतेको ठाउँमा पुग्दा एसिड प्रहार गर्ने व्यक्ति फरार भइसकेको बताएका छन् ।
गोन्डाका प्रहरी प्रमुख एसपी शैलेश कुमार पाण्डेले घटनाको पुष्टि गर्दै एसिड प्रहर गर्ने व्यक्तिको खोजी भइरहेको बताएका छन् ।