एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ । यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् । तीनै ग्रह आज १८० डिग्रीमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रीको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ ।
नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक हुने खगोलीय घटना हरेक दुई वर्ष मा एक पटक हुन्छ । त्यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक अर्काको नजिक डिसेम्बर २०२२ भन्दा अघि आउने छैनन् । अपोजिशनको खगोलीय घटना १३ अक्टोबर भइरहे पनि गत मंगलबार अर्थात् ६ अक्टोबरमा पनि मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।