logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

१८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

१८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने


  • सोमबार, असोज २६ २०७७

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकामध्ये तीन अर्बको ट्रेजरी बिल नयाँ हो भने १५ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।

    बैंकले ३ सय ६४ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार तीन अर्ब बराबरको नयाँ र १५ अर्ब २५ करोड रुपैयाँ बराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ ।

    यो ट्रेजरी बिल बोलकबोल विधिमार्फत् बिक्री हुनेछ । यसअघि राष्ट्र बैंकले गएको मंगलबार १० अर्ब बराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय